गायिका अन्जु श्रेष्ठको तीज गीत बजाएर चुरा सार्वजनिक भएको छ । युरोपेली मुलुकमा बस्दै आएकी बर्षा खड्काले मोडलको रुपमा भिडियोमा देखिएकी छिन् ।  युरोपेली महिलाहरुको पहिलो तीज गीत बजाएर चुरामा अन्जु श्रेष्ठ र दीपा लामाले स्वर दिएका छन् भने कलाकारिताबाट १५ बर्ष हराएकी नायिका बर्षा खड्का यस तीज गीतको भिडियोमा देखिएकी हुन्. ।

 

२०७५ मा सार्वजनिक भएको तीज गीतबाट बर्षाले नेपाली कलाकारिता क्षेत्रमा पुनरागमन गरेकी हुन् । उनीसँगै यशु थापा, अन्जु श्रेष्ठ र अनिताले पनि यस भिडियोमा देखिएका छन् । यशु थापाको शब्द संयोजन र राज सागरको संगीत रहेको तीजगीतलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् । बजाएर चुरा भन्ने गीतलाई बुढासुब्बा डिजिटल प्रा.लि.ले यूट्यूबमा सार्वजनिक गरेको छ ।

 

युरोपेली मुुलुक नेदरल्याण्ड्समा बस्दै आएकी बर्षा खड्काले यस गीतले आफुलाई प्रभावित पारेको र नेपाली मौलिक पर्व तीजप्रति आफ्नो सम्मान र सद्भाव सँधै रहेकाले पनि यो भिडियोमा काम गरेको बताएकी छिन् । थिएटर आर्टिस्को रुपमा नेपाली चलचित्र क्षेत्रमा नायिकाको रुपमा प्रवेश गरेकी बर्षा खड्काले यो गीतलाई लिएर दर्शकहरुको प्रतिक्रियाप्रति आफु खुसी रहेको बताएकी छिन् ।

साभार: साँघु

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस