Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुद

युभेन्टसलाई हराउँदै आयाक्स सन् १९९७ पछि पहिलो पटक युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा

युभेन्टसमाथि सनसनीपूर्ण जित निकाल्दै आयाक्स युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेग एक–एक गोलको बराबरी भएकोमा युभेन्टसको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा आयाक्सले २–१ को जित निकाल्न सफल भयो । जसका कारण उसले युभेन्टसमाथि समग्रमा ३–२ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्‍यो ।

पहिलो लेग एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो लेगमा पनि युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । तर सो अग्रता धेरै बेर टिक्न सकेन ।

खेलको २८ औँ मिनेटमा रोनाल्डोले युभेन्टसलाइ एक शून्यले अगाडी राखेका थिए । तर त्यसको ६ मिनेटमा नै आयाक्सका भान डेर बिकले बराबरी गोल फर्काए । पहिलो हाफ १–१ को बराबरी भएको खेलको ६७‌ औँ मिनेटमा आयाक्सका कप्तान माथिस डे लिटले गोल पाहुना टिमलाई अग्रता दिलाए ।

आयाक्स क्लबको इतिहासमा यो नवाैँ पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । अन्तिम पटक आयाक्स सन् १९९७ मा सेमिफाइनलमा पुगेको थियो ।

युभेन्टसले एकै सिजनमा युरोपियन प्रतियोगितामा दुई वटा खेल घरेलु मैदानमा हार्न पुग्यो । च्याम्पियन्स लिगमा आयाक्सको यो लगातार तेस्रो अवे जित हो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!