Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदहेडलाइन

युरोपा लिगमा उपाधिका लागि चेल्सी र आर्सनल भिड्दै

युरोपा लिगमा चेल्सीले उपाधिका लागि आर्सनलसँग भिड्दैछ ।

जर्मन क्लब फ्रांकफर्टलाई टाइब्रेकरमा चार तीन गोलले हराउँदै चेल्सीले युरोपा लिगको फाइनलमा स्थान बनाएको हो ।

पहिलो लेग एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो लेग पनि एक–एक गोलमा सकिएको थियो ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको दोस्रो लेगमा चेल्सीले एक गोलको अग्रता जोगाउन सकेन । खेलको २८ औं मिनेटमा लोफ्टुस चीकले गोल गर्दै टिमलाई एक शून्यले अगाडि राखेका थिए ।

खेलको ४९ औं मिनेटमा जोभिकले गोल गर्दै पाहुना टिमलाई बराबरी बनाएका थिए ।
त्यसपछि दुबै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा गर्यो । जसमा चेल्सीका लागि इडेन हाजार्डले विजयी गोल गर्न सफल भए ।

यो सिजनपछि उनी रियल जाने चर्चा भइरहेका बेला फेरि पनि चेल्सीको जितमा अन्तिममा उनी नै नायक बने । युरोपा लिगको फाइनल खेल अजरबैजानको बाकुमा २९ मे मा हुनेछ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!