Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

युरोप सम्योजकमा अब्बल उम्मेद्वार नेदर्ल्यान्स बासी नारायण आचार्य

गैर आवासिय नेपाली संघको नबौ केन्द्रिय महाधिबेशनको मिती नजिकै आईरहेको बेला सामाजिक अनुभबी अभियानता नारायण आचार्यले यूरोप सम्योजकमा आफ्नो उम्मेद्बारी सामाजिक सन्जाल मार्फत घोषणा गरेका छन। नेपाली जनसंपर्क समिती नेद्रल्यान्द्सका सस्थापक अध्य्क्षय ,गैर आवासिय नेदर्ल्यान्द्सका भुत पूर्व अध्य्क्षय, बर्तमान एन आर एन ए आई सि सि सद्स्य पदमा रही नेदर्ल्यान्द्स तथा नेपालमा सामाजिक, आर्थिक, नेपाल को पर्यटन तथा सामाजिक बिकासका लागि रचनात्मक अग्रसर भूमिका निभाउदै आउनु भएको छ ।
नेपाली युबाहरुका अभिभाबक नारायण आचार्य नेपालीहरुका हरेक दु:ख सुख मा प्रत्यक्ष सहभागीता र सहयोगका लागि निरन्तर आईरहनु भएको छ । नेपाली खेलाडी नेदर्ल्यान्द्स आउँदा होस अथवा नेपाली समुदायको नेदर्ल्यान्दसको प्रतिनिधित्व गरेर युरोपियन माहादेशहरुमा सहभागी दोस्रो पुस्तका युबा युबती हरुलाई मार्ग निर्देश गर्दै हातेमालो गर्दै प्रसम्सानीय काम काम गर्दै आईरहनु भएको छ । नेपाली जनसंपर्क समितीको लोकप्रीय युरोपकै मनमुटुमा सरल र मिलनसार स्वभाबका धनी नारायण आचार्य एक मात्रा निर्बिबाधित सकृय नेता हुन ।युरोप सम्योजकमा सामाजिक सन्जालमा दर्जान भन्दा बढी उम्मेद्वार घोषणा भएता पनि आचार्यको उम्मेद्बारी एकल न भयर सम्र्ग लोकतान्त्रिक समुदायको साझा उम्मेद्बारी रहेको बुझनमा आएको छ ।
आचार्य प्रवासमा रहेका पूर्व मेची देखी पश्चिम महाकालीका बिभिन्न जात जाती बर्ग लिङग ,धर्म ,क्षेत्रलाई जोडन सक्ने सामाजिक स्पस्थ बक्ता सामाजिक ब्यक्तित्व हुन। युरोप सम्योजकमा निर्वाचित भए आचार्यले आफुले आर्जन गरेको नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य,जनसंपर्क समिती र एन आर एन ए हरुको सामाजिक राजनीतिक ज्ञान सिप र अनुभब नेपालको राजनीतिक सहकर्मीहरु सँग एक पटकको नेपाली सधैंको नेपाली निरन्तरताका लागि पहल कदमी गर्ने बताएका छन । युरोपियन राष्ट्रहरुमा राष्ट्रिय सामान्यन परिषद गथन ,नेपाली कुत्नितिक नियोग सँग सामान्यन तथा नेपाल भर्मण बर्ष २०२०का लागि नेद्रल्यान्द्स तथा युरोपियन देशहरु बाट बिभिन्न कार्यक्रमहरु गरी पर्यटक भित्र्याउने लक्ष्य रहेको छ। नेदर्लायन्द तथा अरु युरोपिन देशहरुमा भएका कृषि जलबायु पर्यटन,शिक्षा ,स्वास्थ्य तथा बिकासका योजनहरु नेपाल सँग जोडन पहल गर्ने बताएका छन ।
युरोपका बिभिन्न देशहरुमा रहेका महिला बिद्यार्थीहरुको पारीश्र्मिक ,ब्यबसायिक तथा बिद्याथीका लागि समान कर छुटका लागि पहल गर्ने बताउनु भयो । मालटा, इटली, साइप्रस, पोल्यान्द्स, स्पेन, पर्चुगलमा बद्ददो नेपाली जनघनत्वबाट हुने समस्या तथा ब्यबस्थापनाका लागि कुत्नितिक पहल तथा राजादुताबास स्थापनाका लागि पहल गर्ने मुख्य एजेन्डा रहेको बताउनु भयो । लामो समय देखी मात्री भुमी छोडि कर्म भुमीको रुपमा कार्यरत गोर्खाहरुको समान पेन्सन हक अधिकार तथा नेपालमा रहेको उनिहरुको सम्पत्ति सरक्षाका लागि उचच इस्थरिय पहल गर्ने बताउनु भयो ।
आचार्य दुई दशक देखी परिवार सँग नेदर्ल्यान्द्स मा परिवार सँग बस्दै आएका छन । उनी एक सफल नेपाली रेस्तुरेन्ट बयबसायिक हुन । युरोप सम्योजक घोषणा एकल नभयर युरोपमा बस्ने सम्पुण युबा बालबाकिका महिला युबाहरुको प्रतिनिधित्व रहेकाले आगामी दिनहरुमा अझ बिस्त्रित अन्य आकान्छी उम्मेद्वारहरु सँग सल्लाह गरी अधिकारिक उम्मेद्ववार घोषणा गर्ने हाम्रा सम्बाददाता लाई बताएका छन।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!