Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदहेडलाइन

यूएईविरुद्ध नेपालको जित,कामीले ५ र सन्दीपले लिए ४ विकेट

२४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलरसामू टिक्न नसक्दा १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो।

युएईलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ विकेट हात पारे।
एक दिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउँदै नेपालले यूएई सामू २४३ रनको लक्ष्य दिएको छ ।

यूएई भ्रमणमा रहेको नेपालले दोस्रो एकदिवसीय खेलमा टस जितेर ब्याटिङ गर्दा निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २४२ रन बनाएको थियो । यसअघि नेपालले नेदरल्याण्डविरुद्ध २१६ रन बनाएको थियो । नेपालका लागि यो खेल समग्रमा चौथो एक दिवसीय खेल हो ।

आज नेपालले एक दिवशीयमा सबैभन्दा धेरै रनको साझेदारी गर्‍यो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझेदारी गर्दै टिमलाई बलियो शुरुवात दिलाएका थिए । ज्ञानेन्द्रले ब्यक्तिगत ४४ रन बनाउनुभन्दा अघि विनोद भण्डारी २१ रन बनाउँदै आउट भए ।

त्यसपछि क्रिजमा आएका पारस खड्का, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले भने राम्रो खेल्न सकेनन् । पारसले २१ रन बनाए भने दिपेन्द्रले १० र पवनले ८ रन जोडे ।

त्यसपछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलले नेपालको योगफलमा उत्कृष्ट योगदान गरे । उनीहरुले ८२ रनको पार्टनरसिप गरेपछि नेपाल बलियो स्थितिमा पुगेको थियो ।

आरिफ शेख २९ रन बनाएर आउट हुँदा नेपालले १९५ रन बनाएको थियो ।

त्यसपछि रोहित कुमार पौडेलले करियरकै पहिलो एक दिवसीय अर्धशतक बनाए । उनी अन्तर्राष्ट्रिय एक दिवसीयमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी समेत बने ।

उनी अहिले १६ वर्ष चार महिना २४ दिनका मात्र भएका छन् । रोहितले ५५ रनको योगदान दिएर आउट भए । त्यसपछि करण केसीले ११ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै १८ रन बनाए । अन्तिममा सन्दिप लामिछानेले पनि १० बलमा १४ रन जोडे ।

बलिङतर्फ अमिर हयात र इमरान हैदरले तीन तीन विकेट लिए भने मोहम्मद नाभिद, जहुर खान र अश्फाक अहमदले एक एक विकेट लिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!