Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुद

यू–१९ विश्वकप एशिया छनोट : नेपालले ओमानलाई एक सय ५० रनले हराएको छ

आइसीसी यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटमा नेपालले ओमानलाई एक सय ५० रनले हराएको छ ।

मलेसियाको सिंलगार टर्फ क्लवमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर दुई बलमा दुई सय २९ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धसतकिए पारी खेलेका थिए ।

३३ रनमा दुई विकेट गुमाएको नेपालका पारीलाई भिम शार्की र कप्तान रोहितले उकासेका थिए । जसमा रोहितले ७५ रन बनाए भने भिमले ३९ रनको योगदान गरे । यस्तै अभिशेख बस्नेतले १५ रन बनाए । नेपालको पारीको अन्तिममा रित गौतमले विस्फोटक ४१ रन बनाउदा नेपालले बलियो लक्ष्य दियो ।

सुरुवात राम्रो गर्न नसकेको नेपालले १२ रनमा पहिलो विकेट गुमाएको थियो भने ३३ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो ।
नेपालका मध्यक्रमका खेलाडी विच राम्रो साझेदारी हुन सकेनन् । छैटौ विकेटका लागि कप्तान रोहित कुमार पौडेल र भिम शार्की विच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितीमा पुगेको हो । जवाफमा ओमान ४४ ओभर एक बलमा ७९ रनमा अलआउट भयो ।

ओमानका दुई खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका अमनप्रित सिंहले र जील तान्नाले सर्वा्धिक १३–१३ रन बनाउँदा अरु खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किएका थिए ।

२० रनमा पहिलो विकेट गुमाएको ओमानले २८ रन बनाउदा चार विकेट खेर फालेको थियो । ओमानले एकपछि अर्को विकेट गुमाउँदै ४६ रनमा ८ विकेट झार्यो । बलिङमा नेपालका पवन सराफले तीन तथा प्रतिश जिसी शुर्य तामाङले दुई विकेट लिए । जितसँगै नेपालले चार खेलबाट ६ अंक बनाएको छ । शिर्ष स्थानमा रहेको युएइको समान खेलबाट ८ अंक छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!