Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

अन्तरराष्ट्रिय

राजकुमार फिलिपले प्रहरीलाई बुझाए ड्राइभिङ लाइसेन्स

एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका ९७ वर्षीय श्रीमान राजकुमार फिलिपले आफ्नो ड्राइभिङ लाइसेन्स प्रहरीलाई बुझाएका छन् ।

उनी केही दिनअघि कार दुर्घटनामा परेका थिए । दुर्घटनामा परेपछि राजकुमार फिलिपले आफ्नो ड्राइभिङ लाइसेन्स प्रहरीलाई बुझाएका हुन् । उनले चलाएको कारले ठक्कर दिँदा दुई जना महिला घाइते भएका थिए ।

बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिक रुपमा त्याग गरेको दरबारले जानकारी दिएको छ ।

बकिंघम प्यालेसले बताएअनुसार ड्यूक अफ् एडिनबर्गसमेत रहेका राजकुमार फिलिपले गएको महिना भएको ल्याण्ड रोभर कार दुर्घटनापछि आफ्नो ड्राइभिङ लाइसेन्स बुझाउने निर्णय आफैले गरेका हुन् ।

दरबारबाट सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘गम्भीरतापूर्वक विचार गरेपछि ड्यूक अफ प्रिन्सले स्वेच्छाले आफ्नो ड्राइभिङ लाइसेन्स सरेन्डर गर्ने निर्णय लिनुभएको हो ।’

प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा पनि सेन्ड्रिंघममा भएको ल्याण्ड रोभर दुर्घटनाका चालकले आफ्नो लाइसेन्स बुझाएका छन् ।

राजकुमार फिलिपले चलाएको कार दुर्घटनामा परेपछि निकै नै विवाद भएको थियो । बढ्दो उमेरमा पनि सवारी चलाएको भन्दै राजकुमार फिलिपको आलोचना निकै नै भएको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!