Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबासमनोरन्जन

राजु लामा र मिलन लामाले लिस्वोन तताए ।

वाई बि तमू, लिस्वोन,०६ अगष्ट २०१८— लिस्वोनको बाहिरी तापक्रम ४२ डिग्री पुगेको थियो लिस्वोन यो वर्ष निक्कै तातेको त थियो नै झन नेपालका चर्चित पप तथा लोक गायक द्धय राजु लामा र मिलन लामाको साङ्गितिक धमाकाले लिस्वोनको ताप ह्वत्तै पचास डिग्री भन्दा माथि पु¥याउन सफल भए ।
तामाङ्ग समाज पोर्चुगलद्धारा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न पहिलो पटक लिस्वोन आएका पप गायक राजु लामा र  दोस्रो पटक आएका लोक गायक मिलन लामाले  पोर्चुगलका दर्शकहरुको मन जित्न सफल भए ।
सांस्कृतिक कार्यक्रमको पहिलो शत्रको औपचारिक कार्यक्रममा प्रमुख अतिथि पोर्चुगलका लागि नेपाली पर्यटन दूत रमेश कुमार गुरुङ्ग, विशेष अतिथि गैह्र आवासीय नोपली सँघ राष्ट्रिय समन्वय परिषद,पोर्चुगलका अध्यक्ष कुविर कार्की, आदीवासी जनजाती महासँघ, पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पा, नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता बराल, अनेसास,पोर्चुगलका सचिव विनोद प्रासाद धिमाल “स्पन्दन”,नेपाल पत्रकार महासँघका महासचिव योगेन्द्र मिलन छन्त्याल, लगाएत विभिन्न जातीय तथा क्षेत्रिय समाजका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति सहित बाक्लो दर्शकहरुको उपस्थितिमा भएको पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथिहरुले कार्यक्रमको सफलताको शुभकामना प्रदान गरेका थिए भने कार्यक्रम सञ्चालन समाजकी सचिव विन्दू लामाले गरेकी थिईन ।
उक्त साँस्कृतिक कार्यक्रमको दोस्रो शत्रमा बिशेष साँस्कृतिक कार्यक्रमको पहिलो धमाका लोक गायक मिलन लामाले शुरु गरेका थिए ।
दर्जन भन्दा बढी नयाँ तथा पुराना लोक गीतहरु मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए भने कार्यक्रमका मुख्य आर्कशक बनेका राजु लामा हातमा नेपालको राष्ट्रिय झण्डा सहित “मेरो नोपाल मलाई प्यारो लाग्छ” भन्ने गीत गाउदै स्टेज प्रवेश गर्दा शान्त भएर बसेका दर्शकहरुको मन थामिएन नसकी स्टेज नजिक उभिएर दर्शकहरुले समुहिक स्वर दिदै गायक राजु लामालाई भव्य स्वागत गरेका थिए ।
पहिलो पटक लिस्वोन आएका गायक राजु लामाले आफ््ना नयाँ तथा पुराना दर्जन भन्दा बढी गीतहरु गायका थिए । लिस्वोनको बाहिरी तापक्रम ४२ डिग्री पुगेको थियो भने उक्त साँस्कृतिक कार्यक्रमको तापक्रम भने पचास डीग्री भन्दा माथि थियो ।
पोर्चुगलमा बसोबास गर्ने विभिन्न प्रतिभावान कलाकार भाई वैनिहरुले पनि आ—आफ््नो नृत्य तथा गायनहरु प्रस्तुत गरेका थिए ।
शशि लामाको पहिलो म्यूजिक भिडियो सार्वजनिक ।
पहिलो पटक नव गायक शशि लामाले “ आकाश यहि हो  ” को म्यूजिक भिडियो सार्वजनिक गरेका छन । गायक द्धय राजु लामा र मिलन लामाले सँयुक्त रुपमा उक्त म्यूजिक भिडियो क्लिक गरेर सार्वजनिक गरेका थिए भने नव गायक शशि लामा लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।
विगत ३ वर्ष देखी लिस्वोन बस्दै आएका गायक शशी लामाको यो पहिलो म्यूजिक भिडियो हो ।
साहित्यकार तथा कवि सञ्जय लामाको शब्द,सङ्गीत हरि लम्सालको रहेको उक्त गीतमा साम छन्त्याल र शशी लामाको स्वर रहेको छ भने उक्त म्यूजिक भिडियोको छायाँकन पोर्चुगल र अष्ट्रेलियामा गरिएको थियो । जीवन रसाईलीको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा विनोद पौडेल तथा अञ्जली पोखरेलले अभिनय गरेका छन्् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!