काठमाडौं, । राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गर्ने सरकारी निर्णयको विरोधमा युवाहरुले राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् ।

जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैयाँ भिख मागेका हुन् ।

युवाहरुले ‘दान गर्नुहोस् पुन्य कमाउनुहोस्’ भन्दै पशुपति बनकाली क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका, बुढाबुढी सबैसँग भिख मागेका थिए ।

१८ करोड खर्च गरेर राष्ट्रपतिका लागि सवारी साधन किन्नु गलत भएको सन्देश दिन सांकेतिक रुपमा भिख मागिएको सहभागी युवाहरुले बताएका छन् ।

युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने तयारी गरेका छन् ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस