म्याच फिक्सिङको आरोपमापक्राउ परेका राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा सहित अन्य पाँच जना खेलाडीले सफाइ पाएका छन् ।

बिहीबार उनीहरुलाई विशेष अदालतले राज्यविरुद्धको अपराध मुद्दामा सफार्इको फैसला गरेको हो। त्यस्तै अन्य सफार्इ पाउनेमा विकाससिंह क्षेत्री, सन्दीप राई, रितेश थापा, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापा रहेका छन् ।

राष्ट्रिय टोलीबाट खेल्दा अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको निष्कर्ष निकाल्दै प्रहरीले जन्मकैदको माग गर्दै विशेष अदालतमा २०७२ कात्तिकमा मुद्दा दायर गरेको थियो । नेपालमा म्याच फिक्सिङका विषयमा कानुन नभएका कारण उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको थियो । यद्दपी उनीहरुलाई फिफाले भने आजीन खेलमा प्रतिबन्ध लगाइसकेकाे छ ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस