Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

मनोरन्जन

चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर युट्युबमा रिलिज गरिएको हो ।

सुदन केसीले निर्देशन रहेको चलचित्र ‘दाल भात तरकारी’ ट्रेलर कमेडी नै कमेडी शैलीले भरिएको छ ।
चलचित्रमा अमेरिका जानका लागी मरिहत्य गर्नेहरुको कथालाई मुख्य रुपमा देखाइएको छ ।

चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आंचल शर्मा, वर्षा राउत, किरण केसी, राजाराम पौडेल, मोहित वंश आचार्य, यमन श्रेष्ठ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ ।

किरण केसी, रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, राजाराम पौडेल, विल्सन विक्रम राइ लगायतले निर्माण गरेको चलचित्र आगामी वैशाख २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!