Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरु

लुक्ला विमान दुर्घटना, मृत्यु हुनेको संख्या तीन

सोलुखुम्बुको लुक्लामा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रहरीका अनुसार लुक्ला विमानस्थलमा कार्यरत अर्का एक जना प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठको घाइते भई उपचारका लागि काठमाडौंतर्फ ल्याइएकोमा थप उपचारको क्रममा मृत्यु भएको हो । विमानमा रहेका ४ जना यात्रुको अवस्था भने सकुशल रहेको जनाइएको छ ।
दुर्घटनामा २ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा को–पाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का रहेका छन् ।

विमानका चालकको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लयाइएको प्रहरीले जानकारी दिएको छ । अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार बिहान ९ः२२ मा उडान भर्ने क्रममा विमान दुर्घटना भएको हो । समिट एयरको ९ एन एएमएच कलसाइनु विमान उडान भर्ने क्रममा रन–वेबाट चिप्लिएर विमान पार्किङ गरिएका मनाङ एयरको २ वटा हेलिकोप्टरसँग ठोक्किएको थियो ।
उक्त विमान लुक्लाबाट रामेछापका लागि उडान भर्ने क्रममा थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!