गत तारिक २४.९.२०१८ र २९.१०.२०१८ का दिन ज्वालामा नब चयन हुनु भएका अध्यक्ष श्री राम कार्कीको अध्यक्षतामा मैजुदा केन्द्रिय समिति सदस्यहरुसंग बसेको बैठकले आगामी २१.१०.२०१८ का दिन जान्दाममा एक आम भेला डाकी सार्बजनिक छलफल गरी नयाँ केन्द्रिय समितिको गठन गर्ने निर्णय गरेको हुदा सम्पूर्ण नेपाली भुटानी बुबा, आमा, दाजु भाई तथा दिदि बहिनि हरु लाई उपस्थित भईदिनको लागि अध्यक्ष कार्की यहि मिडिया मार्फत बताउनु हुन्छ।

सो दिनको कार्यक्रमलाई २ भागमा बाडिएको छ। पहिलो खण्डमा बि. सी. एन. को आन्तरिक छलफल हुने र नयाँ कार्य समिति को चयन हुने छ भने दोस्रो चरण मा स्थानीय कलाकार भाई बहिनि हरु ले आ- आफ्नो प्रतिभा देखाउने गरि सांस्कृतिक कार्यक्रम को पनि आयोजना गरिएको स्रोत ले जनाएको छ ।

तसर्थ सम्पूर्ण नेदरल्यान्ड्स भुटानी आमा-बुबा, दाजुभाई तथा दिदीबहिनीहरुलाई आ-आफ्नो परिवार, साथीभाई र इष्टमित्रहरु लाई साथमा लिई तल दिएको ठेगाना, तारिक र समयमा उपस्थित भई सो घोसणा सभामा भाग लिई आफ्नो महत्वपूर्ण विचार र धारण राखि सो कार्यक्रमलाई सफल पारी दिनु हुने छ भन्ने कुरामा अध्यक्ष कार्की बिस्वस्त हुनु हुन्छ।

भेला हुने स्थान : Havenstraat 71, 1506 PK Zaandam
समय : दिनको ११.३० बजे

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस