काठमाडौं, ३१ असार : बेल्जियम रसियामा जारी विश्वकप फुटबलमा ऐतिहासिक उपलब्धि हासिल गर्दै तृतीय बनेको छ। यसअघि सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो।

शनिबार राति भएको खेलमा बेल्जियमसँग २–० गोल अन्तरले पराजित भएको इंग्ल्याण्डले चौथोमा चित्त बुुझाएको छ। सन् १९६६ को विश्व विजेता इंग्ल्याण्डले सन् १९९० को विश्वकपमा पनि इटालीविरुद्ध तेस्रो स्थानको प्लेअफ खेलेको थियो। त्यतिबेला पनि उसले २–१ गोलको पराजय ब्यहोरेको थियो।

खेलको चौथो मिनेटमै बेल्जियमका थोमस मुनिरले गोल गरेका थिए। ८२ औँ मिनेटमा इडेन हाजार्डले गोल गरे।
हाजार्ड खेलको म्यान अफ द म्याच बनेका थिए। सेमिफाइनलमा बेल्जियम फ्रान्स र इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएका थिए।

Foto - Fifa Worldcup
Foto – Fifa Worldcup

Foto - Fifa Worldcup
Foto – Fifa Worldcup
Foto - Fifa Worldcup
Foto – Fifa Worldcup

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस