रसियामा हुने विश्वकप फुटबलका लागि सहभागी ३२ देशले आफ्ना २३ खेलाडीको लागि १ देखि २३ नम्बरसम्मका जर्सी नम्बर छुट्याइसकेका छन् ।

खेलमा जर्सी भन्दा पनि विशेष त खेल नै हुन्छ । जिश्वकपलाई रोचक बनाउने खेलाडीले लगाएको जर्सी नम्बर झनै रोचक बन्ने गर्दछ । जसमा वर्तमान विश्व फुटबलका उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डोदेखि टोटनहमबाट खेल्ने सन हेउन मिनसम्म छ ।

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल

Photo: google

स्पानिस क्लब रियल मड्रिडबाट खेल्ने रोनाल्डोले क्लबमा पनि ७ नम्बर जर्सी लगाउनेछन् । त्यसअघि नै उनले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट युवा उमेरमै ७ नम्बर जर्सी लगाइसकेका थिए । यस्तै पोर्चुगलका तत्तालिन कप्तान लुइस फिगोले सन्यास लिएपछि रोनाल्डोले राष्ट्रिय टिमका लागि उक्त जर्सी लगाउन थालेका हुन् । उनले यसअघि २०१० र २०१४ को विश्वकप तथा २०१२ र २०१६ को युरोकपमा पनि सोही जर्सी लगाएका थिए ।

डुगलास कोस्टा, ब्राजिल

Photo: google

इटालियन क्लब युभेन्ट्सबाट खेल्ने डुगलास कोस्टा ब्राजिलबाट जर्सी नम्बर ७ लगाएर रसिया विश्वकप खेल्दैछन् ।

एन्टोनी ग्रीजमन, फ्रान्स

Photo: google

फ्रान्सेली टिमका महतवपूर्ण स्ट्राइकर हुन् ग्रीजमन । स्पेनकै एट्लेटिको मड्रिडबाट खेल्ने उनले त्यहाँ पनि ७ नम्बर जर्सी लगाउँदै आएका छन् । दुई वर्ष अघि घरेलु मैदानमा भएको युरो कपमा पनि जर्सी नम्बर ७ लगाएर खेलेका ग्रीजमन युरो २०१६को उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता चयन भएका थिए । तर फाइनलमा भने फ्रान्स पोर्चुगलसँग पराजित हुँदै उपविजेतामा समेटिएको थियो ।

इभान राकिटिच, क्रोएसिया

photo: google

यी खेलाडी पनि स्पानिस क्लबबाटै खेल्ने गर्छन् । बार्सलोनाबाट खेल्ने राकिटिचले क्रोएसियाका लागि जर्सी नमब्र ७ लगाएर खेल्नेछन् रसिया विश्वकपमा । क्रोएसियाका लागि लुकास मोडरिच पछिका स्टार खेलाडि यीनै राकिटिच हुन् ।

केभिन ड्रे ब्रुएना, बेल्जियम

photo: google

बेल्जियमका केभिन डे ब्रुएना क्लब फुटबलमा अहिलेका उथ्कृष्ट मिडफिल्डर मध्ये एक हुन् । इंगलिस क्लब म्यानचेष्टर सिटीबाट खेल्ने ब्रएनाले बेल्जियमका लागि जर्सी नम्बर ७ लगाउनेछन् । क्लब फुटजस्तै देशका लागि पनि उनले म्रो खेले बेल्जियम विश्वकपमा अगाडी पुग्न सक्छ ।

युलियन ड्राग्सलर, जर्मनी

photo:google

एक वर्ष अघि रसियामै भएको पिफा कन्फेडेरेसन कपमा जर्मनीलाई च्याम्पियन बनाउँदाका कप्तान हुन ड्राक्सलर । त्यतिखेलर जर्मनीको योङ टोलीलाई उपाधिसम्म गाइड गरेका यी खेलाडि अहिले जर्मनीको महत्वपूर्ण खेलाडिको रुपमा रहनेछन् । त्यसैले पनि यी खेलाडिलार२ यसपटक जर्सी नम्बर ७ दिइएको छ ।

यी बाहेक रसियामा जर्सी नम्बर ७ लगाउनेमा दक्षिण कोरियाका सन हेउन मिन, अर्जेन्टिनाका एभर बनेगा, इंगल्याण्डका जेस लिनगार्ड, स्पेनका सउल निगेजलगायत छन् ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस