Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

विषादी प्रकरणमा झुक्याइयो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विषादी प्रकरणको सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएका कारण जनता सामु लज्जित हुनु परेको बताए ।

उनले विषादी प्रकरणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएकै कारण नेपाली जनताको सामु पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिनुपरेको बताए ।

नेपाली जनताको भान्सामा विषादी हुन दिनुहुन्न भन्ने प्रधानमन्त्री आफूमात्रै भएको दावी गर्दै आफूविरुद्ध चलाएको कुनै पनि मिसन पूरा हुन नदिने प्रतिबद्धता व्यक्त गरे । आफूविरुद्ध भ्रम छर्न खोजिएको तर त्यसलाई सफल हुन नदिने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले बुधबार आफू सहभागी भएको त्रिविको प्राज्ञ सभा कार्यक्रममा ओछ्याइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर पनि आफूविरुद्ध सञ्चार माध्यमले समाचार बनाएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे ।

कालोपत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर पनि समाचार बनाएको उल्लेख गर्दै मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको उनको भनाइ छ ।

उनले प्रदेश सरकार संघीय सरकारको मातहत रहेको पनि दोर्होयाए । प्रदेश सरकारलाई स्वतन्त्र सरकारको रुपमा लिइएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था अनुसार नै प्रदेश सरकार संघीय सरकारको मातहत रहेको उल्लेख गरे ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!