समाचारहरुहेडलाइन

विस्फोटको विरोधमा आज देशभरका म्यानपावर कम्पनी बन्द

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरामा रहेको शुक्रबार राती गराइएको विष्फोटको विरोध गर्दै आज सम्पूर्ण म्यानपावर कम्पनीका कार्यालय बन्द भएका छन् ।

बसुन्धरास्थित ओएसिस क्याफेमा शनिबार भएको व्यवसायीहरुको भेलाले घटनाको निन्दागर्दै आइतबार व्यवसाय बन्दगरी सोही स्थानमा व्यवसायी भेला गर्ने निर्णय गरेको हो ।

आइतबारसम्मपनि घटनामा संलग्न व्यक्ति वा समुहका बारेमा सरकारले पहिचान गर्न नसकेमा अनिश्चितकालीन रुपमा व्यवसाय बन्द गर्ने उनीहरुको चेतवानी रहेको छ ।

भेलाले आक्रमण अध्यक्ष गुरुङप्रति मात्र लक्षित नभई समग्र वैदेशिक रोजगार व्यवसायीहरु माथिको प्रहार हो भन्ने ठहर गर्दै विषम परिस्थितिमा बिचलित नभाई सम्पूर्ण व्यवसायीलाई एकताबद्ध हुन आवहान गरेको छ ।

विष्फोटलाई कायरतापूर्वक गराईएको घटना भन्दै भेलाले त्यसको घोर निन्दा र भर्सना गर्दै दोषीलाई यथासक्य छिटो पक्राउ गरी र सत्यतथ्य छानबिन गरि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग समेत गरेको छ ।

आइतबार इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायीका कार्यालय बन्द गर्ने र उक्त घटनासंग सम्बन्धित आवश्यक पर्ने सबै भावी कार्यक्रमहरु नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मार्फत सार्वजनिक गरिने पनि भेलाले निर्णय गरेको छ ।

संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाले अध्यक्ष गुरुङको घरमा भएको विस्फोटको संघले कडा शब्दमा भर्सना गरेको भन्दै निर्वाध रुपमा व्यवसाय र जीवन यापन गर्न पाउने नागरिकको अधिकार संरक्षण हुनु पर्ने माग गरेका छन् ।

शुक्रबार भएको विस्फोटबाट करीव दुई करोड पर्ने ल्याण्ड क्रुजर गाडी पुरै जलेर ध्वस्त भएको छ भने चार तले घरको सबै सिसा फुटेको छ । क्षतिको मूल्यांकन एकिन भइनसकेको बताइएको छ ।

विष्फोट पछि अध्यक्ष गुरुङ परिवार असुरक्षा महशुस गरी निवास छोडेर वाहिर बस्न थालेको छन् ।

यसैबीच घटनाको नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घटनाको जिम्मेवारी लिएको छ। नेकपाको सहायक संगठन युवा संगठन नेपालले एक विज्ञप्ति जारी गर्दै ‘गुरुङले देश र जनतालाई कंगाल बनाउने तथा मानव तस्करीलाई रोक्नुको सट्टा प्रसय दिएकोमा पटक–पटक चेतावनी दिँदासमेत नमानेको हुँदा कारबाहीस्वरुप घटना घटाइएको’बताएको छ।

ुसांकेतिक कारबाहीको प्रवाह नगरी अझैपनि वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्दै ठगी गर्ने, वैदेशिक रोजगार व्यवसायी महास‌ंघको नेतृत्व गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तमा मानव तस्करी गर्नेजस्ता कामहरु बन्द नगरिएमा योभन्दा अझै बढी सशस्त्र कारबाही गर्न बाध्य हुनेछौुं, युवा संगठन नेपालको मध्य केन्द्रीय कमान्डका सचिव ‘शिशिरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!