Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

अन्तरराष्ट्रिय

श्रीलंकामा शृंखलाबद्ध विस्फोट : मृत्यु हुनेको संख्या २ सय ९० पुग्यो (अपडेट)

एजेन्सी । श्रीलंकाको गिर्जाघर र होटलहरूमा आइतबार बिहान भएको शृंखलाबद्ध विस्फोटनमा ज्यान गुमाउनेको संख्या २ सय ९० भन्दा बढी पुगेकाे छ ।

श्रीलंका प्रहरीका प्रवक्ताका अनुसार साेमबार विहानसम्म २ सय ९० भन्दा बढी जनाको मृत्यु भएको छ । अाइतबार देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा कम्तीमा छवटा विस्फोटन भएका थिए । त्यसपछि थप दुई स्थानमा विस्फोटन भएको जनाइएको छ ।

विस्फोटमा पाँच सयभन्दा बढी व्यक्तिहरू घाइते भएका छन् । घाइते मध्ये धेरैकाे अवस्था गम्भिर रहेकाे काेलाेम्बाे प्रहरीले जनाएकाे छ । समाचारसंस्था एएफपीका अनुसार घटनामा परेर कम्तीमा ३५ जना विदेशीको मृत्यु भएको छ ।

घटनाबारे भ्रम फैलाउने अवस्था सृजना भएपछि देशभरमा सामाजिक सञ्जाल फेसबुक र ह्वाट्स एपमा प्रतिबन्ध लगाइएकाे छ। यहाँको रक्षा मन्त्रालयले आक्रमणबारे अनुसन्धान भइरहेको तर अहिलेसम्म आक्रमणको कसैले जिम्मेवारी नलिएको बताएको छ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!