Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदहेडलाइन

श्रीलंकालाई ४–० ले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रबेश

सेमिफाइनलमा श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ ।
बुधबार विराटनगरमा शहीद रंगशालामा भएको सेमिफाइनलमा श्रीलंकालाई ४–० ले हराउँदै नेपाल फाइनलमा प्रबेश गर्न सफल भएको हो ।
नेपालका लागि ४२ औं मिनेटमा रक्षक पुनम जर्घा मगरले पहिलो अग्रता दिलाएकी थिइन । ७३ औं मिनेटमा अनिता बस्नेतले दोस्रो गोल गरिन ।
८२ औं मिनेटमा साबित्रा भण्डारीले र ८६ औं मिनेटमा रेखा पौडेल गोल गरिन् ।
नेपालले उपधिका लागि बुधबार दिउँसो हुने दोस्रो सेमिफाइनल अन्तर्गत भारत र बंगलादेशबीचको विजेतासँग खेल्ने छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!