Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

संसदीय उपसमितिको निर्णय: फेसबुकमा कसैको स्टाटस शेयर गर्दा १५ लाख जरिवाना र ५ वर्ष कैद !

काठमाडौँ । सामाजिक सञ्जालमा अङ्कुस लगाउने विधेयक संसद्को विकास तथा प्रविधि समितिको उपसमितिले बहमुतले पारित गरेको छ । सूचना प्रविधि सम्बन्धी विधेयक पारित भए पनि अब संसदीय समितिमा जाने छ ।

उपसमितिले सामाजिक सञ्जालको कसुरदारलाई १५ लाख रुपैयाँ जरिवाना तथा पाँच वर्ष कैद वा दुवै सजायको व्यवस्था गरेको उपसमितिका एक सदस्यले जानकारी दिए ।

बुधवार बसेको उपसमितिको बैठकले अर्को व्यक्तिलाई हैरानी गर्ने, जिस्काउने, होच्चाउने, होत्साहित गर्ने, अपमान गर्ने वा हप्काउने जस्ता क्रियाकलापलाई दण्डनीय बनाएको छ । उपसमितिको प्रतिवेदन बहुमतले पारित भएको हो । उपसमिति सदस्य काँग्रेस सांसद बहादुर सिंह लामाले असहमति जनाएका छन् ।

समितिले सामाजिक सञ्जाल दर्ता हुनुपर्ने जस्ता नियन्त्रणकारी प्रावधान राखिएको छ । घृणा, द्वेष वा अपहेना हुने काम कारबाहीमा समेत प्रतिबन्ध लगाइएको छ ।उदाहरणकालागि कसैले फेसबुकमा केही विषयमा स्टाटस लेख्यो र त्यो स्टाटश विधेयकमा उल्लेख गरिएका व्यवस्थाको प्रतिकूल भयो भने त्यो स्टाटस शेयर गर्ने व्यक्तिलाई सजाय हुनसक्छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!