Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदहेडलाइन

सन्दीपले दिल्ली क्यापिटल्र्सबाट ५५ लाख रुपैयाँ पाउने

काठमाडौं : नेपाली बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्र्सबाट ५५ लाख रुपैयाँ पाउने भएका छन् ।

दिल्लीले तेस्रो भएबाफत ६ दशलमव ४ करोड भारतीय रुपैयाँमा आइपीएलको नियम अनुसार ५० प्रतिशत रकम खेलाडीलाई दिनुपर्ने प्रावधान रहेको छ ।

सोही अनुसार दिल्लीले टिममा रहेको २५ खेलाडीलाई बराबर रकम दिँदा एक जनाले १२ लाख ८० हजार भारतीय रुपैयाँ पाउँनेछन् । जुन नेपाली साढे २० लाख रुपैयाँ हो ।

सन्दिपले एक खेलमा स्टाइलिस खेलाडीको उपाधि समेत जितेका थिए । जसले गर्दा उनले दिल्लीबाट यो सिजनमा करीव ५५ लाख रुपैयाँ पाउने भएका हुन् ।

लगातार दोस्रो सिजन आइपीएल खेलेका सन्दिपले ६ खेलमा ८ विकेट लिएका थिए । सुरुवाती दुई खेलमा बेन्चमा बसेको सन्दिपले त्यसपछि लगातार चार खेल खेलको थिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!