Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुद

सन् २०१८ को उत्कृष्ट खेलाडीको अवार्ड रोनाल्डोलाई

पोर्चुगिज फुटवल स्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१८ को ‘ग्लोब सकर अवार्ड’मा उत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन ।

बिहीबारराति दुबईमा भएको समारोहमा युभेन्टसका खेलाडी रोनाल्डोलाई अघिल्लो वर्षको उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

रोनाल्डोले सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जितेका छन् । च्याम्पियन्स लिगमा रियल मड्रिडबाट युभेन्टसविरुद्ध गरेको उनको गोल उत्कृष्ट ठहरिएको हो ।

वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड भने विश्वकपको उपाधि दिलाउने फ्रान्सका डिडीयर डेस्च्याम्पले पाए ।
वर्ष २०१८ को उत्कृष्ट क्लबको अवार्ड भने एथ्लेटिको मड्रिडले जितेको छ ।

एसी मिलान, रियल मड्रिड, रोमा र युभेन्टसको प्रशिक्षक बनिसकेका फाबियो कापेलो ‘करियर कोच अवार्ड’बाट हात पारेका छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!