Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

समाज सेवाको यात्रामा “हाम्रो च्यारिटि फाऊन्डेसन्’’

आर्थिक अबस्थामा कमजाेरि भएर दुबै आखा गुमाउ पुग्नु भएका झापा कक्करबिट्टा का श्री खुम बहादुर मगरका यी नाबालक बच्चाहरूलाई स्कुलका कपडा, जुत्ता र शैक्षिक सामाग्री खरिद गर्नका लागि नेदरलन्ड्सकाे द हेग शहर स्थिती “हाम्रो चेरिटि फाऊन्डेसनका संचालक समाज सेबी श्री डि पि मैनाली शर्मा ले “हाम्रो चेरिटि फौउनडेश” मार्फत रु १२,००० रुपैयाँ सहयाेग गर्नु भएका छन्। बृस्तित जनाकारिका लागि:

हाम्रो चेरिटि फौउनडेशन का मुख्य उदेश्य के के हुन भन्ने हाम्रो प्रश्नमा फाऊन्डेसनका संचालक श्री डि पि मैनाली शर्मा भन्नु हुन्छ:

हाम्रो चेरिटी फाउन्डेसन १५ जुलाई २०१९ मा दुई प्रमुख उद्देश्यका साथ स्थापित भएको हो।

१। अनाथ बच्चाहरूको जन्मदिन मनाउन मद्दत गर्ने र तिनीहरूलाई सालको एकदिन भएपनि खुशी पार्न कोशिस गर्ने।
२। अनाथ बच्चाहरूलाई स्कुलका कपडा, जुत्ता र शैक्षिक सामाग्री खरिद गरि दिने र उनि हरुलाई स्कुल जान प्रेरणा गर्ने नै फौउनडेशनका सुरुवातका योजनाहरु हुन।

आगामी दिनहरूमा साथीभाई को साथ र सहयोग पाएमा फाऊन्डेसन् सशक्त रूपमा काम गर्ने योजनाहारू छन भन्नु हुन्छ संचालक मैनाली शर्मा जी।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!