Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदहेडलाइन

सरकारले आफ्ना कामहरुलाई सुधारेर अघि बढ्नुपर्छ : नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकारले आफ्ना कामहरुलाई सुधारेर अघि बढ्नुपर्ने बताएका छन् ।


मकवानपुरको हेटौँडामा न्युज क्लवले आइतबार आयोजना गरेको साक्षात्कारमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले कतिपय कामका कारण सरकार आलोचित भएको बताए ।

उनले नेपाल कम्युनिष्ट पार्टीका सबै संरचनाहरुको एकता नटुंगिएका कारण केही निराशा पैदा भएपनि अब छिट्टै एकीकृत पार्टीले स्वरुप धारणा गर्ने बताए ।

कुनै पनि नेताको खल्तीबाट निकालिएको नामलाई नेतृत्वको रुपमा स्वीकार नगरिने उनको भनाइ छ ।
उनले त्यस्तो प्रवृृत्ति रहेसम्म पार्टी राम्रो नहुने बताए ।

सरकारविरुद्ध प्रतिपक्षी कांग्रेसले गरेको आन्दोलनप्रति नेता नेपालले हार खाएपछि कांग्रेसमा फ्रस्टेसन बढेको आरोप लगाए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!