Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरु

सरकार र ‘राप्रपा’बीच आज वार्ता हुँदै

कमला थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ र सरकारबीच आज वार्ता हुँदैछ ।

हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेको ‘राप्रपा’सँग सरकारले पहिलोपटक वार्ता गर्न लागेको हो ।

कानून मन्त्रालय सिंहदरबारमा सरकारी वार्ता टोली र राप्रपाबीच दिउँसो १ बजे पहिलो चरणको वार्ता हुँदैछ ।
वार्तामा सरकारी पक्षको नेतृत्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गर्नेछन् ।

राप्रपाले वार्ताका लागि सोमबार दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता नीरञ्जन थापासहित तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । सरकार समक्ष हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रहको विषयलाई प्रमुखताका साथ राख्ने तयारी राप्रपाको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!