समाचारहरुहेडलाइन

सरकार र सिके राउतबीच भएको सम्झौताविरुद्व नेवि संघको प्रदर्शन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल विद्यार्थी संघको अगुवाईमा सरकार र सिके राउत समुहबीच भएको ११ बुँदे सम्झौताको विरोधमा काठमाडौं प्रदर्शन गरिएको छ ।

राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता, जनताको सार्वभौमसत्तामाथि प्रहार गर्दै विखण्डनवादीलाई ओली सरकारले राजनैतिक मान्यता दिएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

त्रि–चन्द्र क्याम्पस घण्टाघरबाट शुरु भएको बिरोध प्रदर्शन प्रदर्शनीमार्ग, पुतलीसडक, कमलादी हुँदै पुनः घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघका निवर्तमान महामन्त्री सरोजकुमार थापाले नेपालको राष्ट्रिय अखण्डतामाथि ढावा बोल्ने सीके राउतसँग गुपचुप शैलीमा सरकारले गरेको ११ बुँदे सम्झौता राष्ट्रघाती भएको बताए ।

कोेणसभामा नेविसंघका निवर्तमान सहमहामन्त्री प्रेम जोशी, नेता दुजाङ्ग शेर्पा, सुन्दर वडाल लगायतले मन्तव्य राखेका थिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!