Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

सहमतिमै प्रदेशको नामाकरण र स्थायी राजधानी टुंगिन्छ : मुख्यमन्त्री

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र स्थायी राजधानीको मुद्दाबारे पार्टी केन्द्रले कुनै निर्देशन वा दबाब नदिएको दाबी गरेका छन् ।

प्रदेश संसद्को हिउँदे अधिवेशन शुरु हुने दिन आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले सहमतिमै नामाकरण, स्थायी राजधानीको टुंगो लगाउने बताए ।

पार्टीको हाइकमाण्डमा यसबारे छलफल हुन सक्ने सम्भावना स्वीकार्दै उनले यदि त्यसो भएको भए जानकारी आउने उनले बताए । ‘छलफल वा सहमति भएको हुनसक्छ तर हामीलाई जानकारी आउला’, उनको भने, ‘तर, प्रदेश सभाका माननीयहरु नै यसका लागि सक्षम हुनुहुन्छ ।’

आइतबार ३ बजेबाट शुरु हुने संसद्को हिउँदे अधिवेशनबाट नाम, राजधानी र संसदीय समितिको नेतृत्व टुंगो लाग्ने जानकारी दिँदै मुख्यमन्त्री राईले सबै विषय सर्वपक्षीय सहमतिमा टुंगिने विश्वास व्यक्त गरे । ‘अहिलेसम्मको उच्च समझदारी, आपसी संवादले सहमतिमै यी विषय टुंगिनेमा आशावादी छौं’, उनले भने ‘यदि सहमतिमा सम्भव भएन भने प्रक्रियामा जान्छ ।’

प्रदेश सभामा नेकपाको दुई तिहाइ संख्या छ । ९३ सदस्यीय सभामा नेकपाका सांसद्को संख्या ६७, कांग्रेसको २१, संघीय समाजवादी फोरमको ३ , राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १–१ जना सांसद छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!