Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदहेडलाइन

सावित्रालाई पछि पार्दै रेश्माले जितिन पिपुल्स च्वाइस अवार्ड

पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डबाट भलिबल खेलाडि रेश्मा भण्डारी सम्मानित भएकी छिन् ।

राजधानीमा मंगलबार एक कार्यक्रमका विच रेश्मालाई विजयी घोषित गरिएको हो । रेश्माले आफ्नो प्रतिस्पर्धी फुटबल खेलाडी सावित्रा भण्डारीलाई पछाडि पार्दै विजयी हुन सफल भएकी हुन् ।

विजयी भएकी रेश्माले ३२.९२ प्रतिशत भोट पाएकी थिइन भने दोस्रो भएकी सावित्राले २९.९३ प्रतिशत प्राप्त गरेकी छिन् । यस्तै क्रिकेटर सन्दीप लामिछानेले ८.४१ प्रतिशत मात्र भोट पाएका छन् ।

यस उपाधि मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप लामिछाने रहेका थिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!