Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

सिक्लेस-पार्चे कल्याण कोष,बेल्जियमद्वारा बार्बक्यु सम्पन्न ।

२ जुलाई २०१९ – बेल्जियम – कास्कीको  सिक्लेस-पार्चेस्थायी ठेगाना भै  बेल्जियममा विभिन्न पेशा, ब्याबसाय एं रोजगारीमा  आवद्ध रहि बसोबास गर्दै आएका नेपालीहरुको  साझा सस्था  सिक्लेस-पार्चे कल्याण कोष,बेल्जियमको आयोजनामा    गत २९ जुन २०१९ का दिन ल्युभेन केसेल्लो स्थित kinning albert plein मा खुला  बार्बक्यु कार्यक्रम सम्पन  भयो  ।
कल्याणकोक्षका अध्यक्ष चोपराज गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त   कार्यक्रमका प्रमुख अतिथी एन आर एन ए केन्द्रिय सचिब श्री जानकी गुरुङ्ज्युले सिक्लेस-पार्चे कल्याण कोषको यस कार्यले आफू निक्कै खुसी हुनु भएको र कोषले शिक्षा,स्वस्थ्य लगायत सामाजिक कार्यमा सहयोग पुर्याउदै आएको कार्य प्रती सह्रना गर्नु भयो । साथै गुरुङहरुको एतिहासिक गाउँ सिक्लेसमा आफू एक पटक जसरी पनि पुग्ने उद्घोष गर्नु भएको छ । त्यस्तै   जनजाति महासंघका महासचिव श्री नन्द राज घले संस्थाले बिभिन्न सामाजिक कार्यमा पुराउन योगदानको प्रसङ्ग गर्नु भएको थियो ।भने  कोषका भु.पु  अध्यक्ष एबम प्रमुख सल्लाहकार श्री होम गुरुङ्ज्युले सस्थाले गर्दै आएको बार्बक्युको महत्व माथी आफ्नो भनाइ राख्नु भएको थियो । कार्यक्रमका संयोजक उपाध्यक्ष श्री ओम प्रसाद गुरुङ्ज्युले कार्यक्रम सफल बनाइदिनु हुने सबै महानुभाव प्रती हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै स्वागत मन्तब्य संस्थाकी कोषाध्यक्ष श्री बिना गुरुङज्युले राख्नु भएको थियो । कार्यक्रम कोषका महासचिव श्री ओमराज गुरुङ्ज्युद्वारा कार्यक्रम संचालन गर्नु भएको थियो ।
कार्यक्रमको उक्त अवशरमा कोषले कोषका सदस्यहरुलाइ यसै शैक्षिक शत्रमा १२ कक्षा उतिर्ण गर्ने विद्यार्थीहरु क्रमशः एल्बिज गुरुङ,कपिल गुरुङ र जेनि गुरुङलाई हार्दिक बधाई सहित खादा ओडाइ सम्मान गरिएको थियो । उच्च शिक्षाका लागि फ्रान्समा अध्यनरत श्री गौरब गुरुङ र फ्रान्सबाटै पाल्नु भएकि कोषकी सदस्य गीत साहित्य प्रती आफ्नो कलम चलाउन सफल हुँदै आउनु भएकि श्री प्रतिमा गुरुङ्ज्युलाइ समेत खतक ओडाइ सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष श्री चोजराज गुरुङज्युले सबैलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रम बिसर्जन गर्नु भएको थियो । कार्यक्रममा  विशेष अतिथी हालै नेपालबाट पाल्नु भएकि कोषकी जेष्ठ नागारिक श्रीमति शिरसुबा गुरुङ,अतिथिहरुमा एन अार एन ए केन्द्रिय सदस्य  श्री पदम गुरुङ ,जनजाति महासंघ बेल्जियमका महासचिव श्री नन्द राज घले,शेर्पा समाज,बेल्जियमका अध्यक्ष श्री सोनम  शेर्पा, तामाङ समाज,बेल्जियमका अध्यक्ष श्री राम लामा,तमु
समाज,बेल्जियमका उपाध्यक्ष द्वाय  श्री गंगा गुरुङ,श्री जुम काजी गुरुङ महासचिव अनिता घले पुर्व अध्यक्ष श्री कुमार गुरुङ निवर्तमान अध्यक्ष जीवन गुरुङ,लगायत नेपाली दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थित रहेको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!