वाई बि तमू, ०१ अगष्ट २०१८— राजधानी लिस्वोनमा हिजो ३० सेप्टेम्वर २०१८मा भएको पाँचौ सेभेन ए साईड फूटबल प्रतियोगिताको उपाधि यूनाईटेड ब्रदर्सले जितेको छ ।
तमू समाज पोर्चुगलको आयोजनामा भएको उक्त फूटबल प्रतियोगितामा गत वर्षको विजेता धरान एफसीलाई पेनाल्टीमा ३—२ ले पछि पार्दै यूनाईटेड ब्रदर्सले उक्त उपाधि जित्न सफल भएको थियो ।
यो जित सँगै यूनाईटेड ब्रदर्सले एक हजार यूरो नगद पुरस्कार सहित ट्रफी हात पार्न सफल भएको छ भने उप विजेत धरान एफसीले पाँच सय यूरो नगद सहित ट्रफी हात पारेको छ ।
राजधानी लिस्वोनको भिक्टोरिया फूटबल स्टेडियममा भएको उक्त प्रतियोगितामा १६ टिम सहभागी भएका थिए । पोर्चुगलको नेपाली समुदायहरु बिच हुने यो सबै भन्दा ठूलो प्रतियोगिता हो ।
नेपाली युवाहरु बिच आपसी सद््भाव र भाईचारा कायम गर्दै समुन्नत समाज निर्माणमा युवाहरुको प्रत्यक्ष सहभागितालाई प्रोत्साहनस्वरुप प्रत्येक बर्ष तमू समाज पोर्चुगलले उक्त प्रतियोगिता गर्दै आईरहेको छ । यो वर्ष को यो प्रतियोगिताको पाँचौ संस्करण हो ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस