Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

सोलिडारिटी इन्टरनेशनलको प्रोजेक्ट झोला अभियान सन्चालनमा, एक हजार बालबालिका लाभान्वित हुने

१९ जेठ, नवलपरासी । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटीइन्टरनेशनलले तर्गौली, सुनवल – ७, नवलपरासी स्थित जन जाग्रितआधारभूत विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई झोला वितरण गरेकोछ ।

विद्यालयमा आर्थिकस्तर न्यून भएका ७३ बालबालिकालाईसोलिडारिटी इन्टरनेशनलको प्रोजेक्ट झोला अन्तर्गत झोला र शौक्षिक सामाग्री बितरण गरीएको हो ।

नेपालका अती बिपन्न बालबालिकाहरु विद्यालयमा नियमितनभएपछि आकर्षणका लागि बिभिन्न ब्यक्तिगत दाताको सहयोगमाप्रोजेक्ट झोला अभियान सुरु गरिएको सोलिडारिटी इन्टरनेशनलकाअध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारीदिए । साथै संस्थाले २०१९ मा गोर्खा, गुल्मी, बाग्लुङ, पर्बत, सिन्धुपाल्चोक, नुवाकोट र दोलखाका करिब एक हजारबालबालिकालाई झोला प्रदान गर्ने जनाएको छ ।

कार्यक्रममा सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुखकार्यकारी अधिकृत राजेन्द्र गौतम, उपाध्यक्ष सफी खान र महासचिबओम खत्रीको उपस्थिती रहेको थियो ।

२००८ मा स्थापना भएको सोलिडारिटी इन्टरनेशनलले प्रत्यक बर्ष एकहजार बालबालिकालाई शौक्षिक छात्रवृत्ति प्रदान गर्दै आइ रहेको छभने प्रोजेक्ट झोला अभियान भर्खरै सन्चालनमा ल्याएको हो । भुकम्पपछी २० बिधालय पुनर्निर्माण गरेको संस्थाले अन्य सामाजिक क्षेत्रमासमेत सेवा प्रदान गरी बिभिन्न राष्ट्रिय तथा अन्त्ररास्ट्रिय सम्मान प्राप्तगरी सकेको छ ।   

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!