Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबास

हङकङमा नेपाली युवामाथि चक्कु प्रहार

हङकङ । हङकङको जोर्डमा एक नेपाली युवकमाथि चक्कु प्रहार भएको छ । शुक्रबार राती २६ वर्षीय निहानमाथि चक्कु प्रहार भएको हो ।

राती ११ बजे जोर्डनको वुसुङ स्ट्रिटस्थित एक रेस्टुरेन्टमा खाना खाइरहेको बेला ८–९ जनाको जत्थाले अचानक हमला गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

आक्रमणकारीले धातुको पाइप, चक्कु र अन्य धारिला हतियार प्रयोग गरेका थिए। घाइते युवाको नजिकैको अस्पतालमा उपचार गराइरहेको छ । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारी स्थानीय चिनियाँ हुन्।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!