इन्डोनेसियाकी एक महिलालाई अजिंगरको पेटभित्र बाट निकालिएको छ । महिला आफ्नो तरकारी बारीमा काम गरिरहेका बेला गत बिहिबारदेखि हराइरहेकी थिइन् । ५४ वर्षीय वा तिबालाई निकाल्न त्यहाँका स्थानीयले गत शुक्रबार २३ फुट लामो अजिंगरको पेट चिरेका थिए ।

स्थानीयले उक्त अजिंगरलाई मुना द्वीपको पेरस्यिापन लावेला गाउँमा फुलेको अवस्थामा भेटेका थिए ।‘स्थानीयले अजिंगरलाई फुलेको अवस्थामा देखेपछि महिला निलेको हुनसक्ने आशंकामा त्यसलाई मारेर गार्डेन बाहिर निकाले,’ पुलिस अधिकारी हिम्काले बताए ।

‘अजिंगरको पेट चिरेर हेर्दा तिबाको शरिर भित्र भेटियो ।’गत बिहिबार रातीदेखि हराइरहेकी तिबालाई आफन्तसहित सयजना स्थानीयले खोजी गरेका थिए ।हाम्काका अनुसार तिबाको चप्पल पाइएको ३० मिटर पर अजिंगर भेटिएको थियो । अजिंगरले तिबाको टाउको पहिले निलेको बताइएको छ ।

इन्डोनेसिया र फिलिपिन्समा ६ मिटरसम्मको अजिंगर भेटिनु सामान्य मानिन्छ । यसले साना जनावरमाथि हमला गर्ने गर्दछन् । तर मानिसलाई नै निल्ने घटना निकै दुर्लभ हुन् ।यो समाचार केही समय अगाडी भएपनि सामाजिक सञ्जालमा भने यतिबेला यो भिडियो निकै भाईरल बनिरहेको छ ।

click here for the video

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस