Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

हावा हुरी पिडितलाई नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको सहयोग

नेपालको वारा र पर्सा जिल्लामा आएको हावा हुरीका कारण भएको मानविय तथा भौतिक क्षतिमा नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सले पैसठ्ठी हजार रुपयाँ आर्थिक सहयोग गरेको छ ।

नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सका अध्यक्ष प्रेम जंग गुरुगंले नेपाली जनसंपर्क समिति राजनैतिक मात्रै नभएर सामाजिक संस्था पनि भएका कारण नेपाल दुखीरहेको बेला हामी जिम्मेवार विमुख हुन नसक्ने बताउँदै नेपाली जनसंपर्क समिति हिजो, आज र आवश्यक परे भोली पनि यस्ता खाले परोपकारी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस केन्द्रिय कार्यलयले नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सलाई सहयोगको लागि हार्दिक धन्यबाद ज्ञापन गरेको छ । उक्त रकम कार्यसमितिका पदाधिकारी, सदस्यहरु तथा सामाजसेविहरुबाट संकलन गरिएको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!