Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुद

१३ औं ‘साग’ को तयारीका लागि संसदीय उपसमिति गठन

१३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता ‘साग’ को तयारीको अनुगमन गर्न संसदीय उपसमिति गठन गरिएको छ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रको इज्जतसँग जोडिएको सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई निर्देशन दिन पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

जीवनराज श्रेष्ठको संयोजकत्वमा गठित समितिमा नमिताकुमारी चौधरी, गजेन्द्रबहादुर महत, नविना लामा र नारायणप्रसाद मरासिनी सदस्य छन् । समितिलाई तयारीको कामको अनुगमन गरी सरकारलाई आवश्यक निर्देशन दिने कार्यदेश दिइएको छ ।

बैठकमा प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडीहरुको तयारीका लागि आवश्यक तालिम, प्रशिक्षणको उचित व्यवस्थापनको काममा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइएको थियो ।

देशको प्रतिष्ठासँग जोडिएको यस्ता खेलकुद प्रतियोगिताको तयारीको कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने सदस्यहरुको भनाइ छ । साग खेलकुद प्रतियोगिता आगामी मंसीर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!