समाचारहरु

२०१९ मा दश जिल्लाका १००० बालबालिकालाई छात्रवृत्ति दिन्छौ : गौतम

  •  
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  

१९ पुस, काठमाडौं । अन्तरास्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले २०१९ मा दश जिल्लाका १००० बालबालिकालाई शौक्षिक छात्रवृत्ति दिने बताएका छन ।
बिहीबार जर्मन एलाएन्सले काठमाडौंमा आयोजना गरेको “नेपालमा बाल अधिकारको अवस्था” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले सयौ बाल-बालिका गरीवि र आर्थिक अभावका कारण विद्यालय जानबाट वञ्चीत भएको भन्दै सबै सरोकार वाला निकाय गम्भिर हुनुपर्ने बताए ।
कार्यक्रममा अध्यक्ष गौतमले आफु बिगत दश बर्ष देखी साक्षरता अभियानमा निरन्तर लागि रहेको भन्दै २०१९ मा पनि सोलिडारिटी मार्फत दश जिल्लाका १००० बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने तयारी रहेको बताए ।
कार्यक्रममा जर्मन एलाएन्सका सस्थापक डा पिटर वासथेउर, चाइल्ड डेभलपमेन्टका सशी शर्मा, एसिएकी सपना न्यौपाने लगायतले धारणा राखेका थिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!