Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

२६ औं बिश्व प्रेस स्वतन्त्रता दिवसमा ईञ्जा द्वारा अङ्किय भिडियो सार्बजनिक

ईन्जाले मनायो डिजिटल माध्यमबाट विश्व प्रेस स्वतन्त्रता दिवस 
 
 
युनेस्कोकोका अन्तरराष्ट्रिय सम्बन्ध प्रमुख जर्ज पापागिएनिस लगायत आबद्ध संचारकर्मी ,प्राध्यापक, बुद्दिजीवीहरु, विध्यार्थीले दिए श्रब्य दृश्य शुभकामना 
 
२६ औं बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईञ्जा) द्वारा शुभकामना सहितको अङ्किय भिडियो सार्बजनिक गरेको छ । भौतिक रुपमा सम्मेलन ,गोष्ठी,भेलामा सहभागी भै मनाउने पद्धति सगै बिश्व भर यत्र तत्र छरिएर रहेका आबद्ध संचारकर्मी ,पत्रकार,प्राध्यापक ,बुद्दिजीवीहरु, विध्यार्थी लगायतले पहिलो पटक डिजिटल ( अङ्किय ) पद्धति मार्फत शुभकामना दिएका छन् । 
 
युनेस्कोकोका अन्तरराष्ट्रिय सम्बन्ध प्रमुख जर्ज पापागिएनिसले यस्तो प्रकारको अङ्किय श्रव्य दृश्य पहिलो पटक हुन् गएको समेत बताएका छन् । 
 
संयुक्त राष्ट्र संघ युनेस्कोले तय गरेको “ मिडिया फर डेमोक्रेसी ; जर्नालिज्म एण्ड इलेक्सन इन टाईम्स अफ डिसइन्फर्मेसन’ भन्ने नारा समाज र संचारको दैनिक प्रयोगमा संचारकर्मिको सन्दर्भमा झनै सान्दर्भिक बनेको छ । 
 
यो विशेष भिडियोमा संसारका विभिन्न कुनामा रहनु भएका जम्मा ७८ जनाको भिजुयल(श्रव्य दृश्य ) शुभकामना सन्देश समेटिएको छ । 
 
यो श्रव्य दृश्यमा युनेस्कोकोका अन्तरराष्ट्रिय सम्बन्ध प्रमुख जर्ज पापागिएनिसले संयुक्त राष्ट्रसंघ मुख्यालयबाट, ईन्जा अध्यक्ष गुणराज लुइटेल र वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहालले डिसी स्थित मुख्यालयबाट, अस्ट्रेलिया संयोजक मनरिषी धितालले अष्ट्रेलियाबाट, एशिया संयोजक टंक पन्तले काठमाडौंबाट, युरोप संयोजक अनुराधा पौडेलले फ्रान्सबाट, अमेरिका संयोजक भुपेन्द्र थापाले न्युयोर्कबाट र क्यानडा संयोजक डा. किस्मत भण्डारीले टोरण्टोबाट संयुक्त रुपमा सार्बजनिक गरेका छन् । 
 
सन्देश दिनेहरुमा पत्रकार तथा सांसद कोमल ओली, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सूचना आयोगकी आयुक्त यसोदा तिम्सिना, ईन्जा  संरक्षकद्वय योगेश उपाध्याय एवं रामचन्द्र खरेल, डा तारा निरौला(बिद्या वारिधि )डा. दुर्गा दाहाल,(बिद्या वारिधि)डा. गोपी उप्रेति(बिद्या वारिधि)डा. मन्जु मिश्र,(बिद्या वारिधि) प्रो. रामकृष्ण रेग्मी लगायत ईञ्जका कार्यकारी समितिका पदाधिकारी ,सल्लाहकारहरु, विभिन्न देशमा रहनु भएका पत्रकारहरु र ईन्जाका शुभचिन्तक तथा ईन्जाका मित्रहरु रहेका छन् । 
 
ईन्जाले पनि “कनेक्ट, एजुकेट एण्ड इन्स्पायर” भन्ने कार्यसूचीलाई अघि सारेर ब्यापक अन्तर्राष्ट्रिय संजालमा आवद्ध गर्दै मर्यादित पत्रकारिता, पेशागत हकहित एवं दक्षता विकासको गैरनाफामूलक अभियानको हिस्सेदार हुन समेत आह्वान गरेको छ । 
 
संसारका निरंकूश सरकारहरुलाई वाक र प्रेस स्वतन्त्रताको अपरिहार्यतालाई ब्यवहारमा लागू गर्न चुनौति दिंदै यसका लागि लडिने कुनै पनि लडाई र चालिने कुनै पनि अभियानमा ईन्जाको ऐक्य बद्धता रहने जानकारी जानकारी गराएको छ । 
 
ईन्जा अमेरिका, युरोप, अष्ट्रेलिया र एशिया महादेशमा बिस्तारित भएको छ ।  
 
यो बिशेष श्रव्य दृश्य हेर्न यहाँ थिच्नु होस् 
https://www.youtube.com/watch?time_continue=1235&v=QQthD6QjVvU

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!