काठमाडौं, २४ असार : इंग्ल्याण्ड रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता २०१८ को सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको खेलमा स्वीडेनलार्इ क्वार्टरफाइनलमा २–० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड सन् १९९० पछि अर्थात् २८ वर्षपछि पहिलोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो।

Photo-Fifa worldcup

इंग्ल्याण्डको जितमा ह्यारी म्यागुरेले खेलको ३१ अौं मिनेटमा गोल गरे। यो उनको पहिलो अन्तराष्ट्रिय गोल पनि थियो।
दोस्रो हाफको ५९ अौं मिनेटमा डेले अलिले पुनः हेडरमार्फत गोल गर्दै इंग्ल्याण्डलार्इ २–० को जित दिलाए।

योसँगै इंग्ल्याण्डले पहिलोपटक विश्वकपमा स्वीडेनलार्इ हराएको हो। यसअघि यी दुर्इ टोलीहरुबीच विश्वकपमा भएका दुर्इ खेल बराबरीमा टंग्गिएको थियो। २००२ को पहिलो भेटमा १–१ र २००६ को दोस्रो भेट २–२ को बराबरीमा रोकिएको थियो।

अब इंग्ल्याण्डले बुधबार रसिया या क्रोएशियासँग सेमिफाइनल खेल्नेछ। हारसँगै २४ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्ने अभियानमा रहेको स्विडेन क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस