Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

मनोरन्जनहेडलाइन

५ करोड लगानी गरेर सन्नी लियोनलाई नचाइएको नेपाली चलचित्र पासवर्ड को गीत सार्बजनिक

काठमाडौं, ३० जेठ । बलिउड आइटम गर्ल सन्नी लियोनीले नाचेको चलचित्र ‘पासवर्ड’को गीत सार्वजनिक भएको छ ।ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत चलचित्र ‘पासवर्ड’को गीतलाई बिहिबार सार्वजनिक गरिएको हो ।

‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् । विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खानदेखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गर्छन ।निकै बोल्ड देखिएकी सन्नीले पहिलो पटक नेपाली गीतमा कम्मर मर्काएकी हुन् ।

५ करोड लगानीमा तयार भएको गीतमा सन्नीसँगै अभिनेता बिक्की जोशी पनि छन् ।गीतमा बिक्रम जोशीको शब्द र संगीत अर्जुन पोखरेलको छ । दुर्गा खरेलले स्वर भरेको उक्त गीतको भिडियो लण्डनमा छायाँकन गरिएको हो ।सम्राट बस्नेत निर्देशक रहेको फिल्म भाद्र २७ बाट रिलिज हुँदैछ ।

https://www.youtube.com/watch?v=TGNlBS9xXtI

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!