द्रोण रिजाल,नेदरल्यान्ड्स | गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सले यहि मार्च २८ तारिखका दिन आकस्मिक अनलाइन बैठक बसेको छ | विश्वभरी फैलिएको मानबिय विनासकारी कोरोना भाइरसले जनजीवन अस्तव्यस्त बनाइरहेको अवस्थामा नेदरल्यान्ड्स पनि अछुतो नरहेको परिस्थितिलाई मध्यनजर गर्दै संघ का अध्यक्ष श्री श्री राम कंडेल को अध्यक्षतामा आकस्मिक अनलाइन बैठक बसेको हो | नेदरल्यान्ड्समा रहेका नेपालीहरुको अवस्था र भैपरी आउने संकटकालीन अवस्थामा एन आर एन नेदरल्यान्ड्सले गर्न सक्ने भूमिकाको बिषयमा गम्भिर छलफल गर्दै विभिन्न समिति निर्माण गरेको छ | बैठकले श्री फणिन्द्र पन्तको संयोजकत्वमा आकस्मिक स्वास्थ्य सम्बन्धि सहयोग. सम्पर्क .समन्वय र सहजीकरणका निम्ति स्वास्थ्य सम्बन्धि सहयोग समिति .श्री संघर्षशील के शीको संयोजकत्वमा आकस्मिक सम्पर्क. समन्वय र सहयोग समिति साथै यस विषम परिस्थितिमा नेदरल्यान्ड्स सरकारले बनाएका नीति .नियम र वित्तीय सहयोग अनि सुचना अध्यावधिक गर्दै ब्यबसाहिक र कामदारहरुलाई प्राबिधिक र प्रक्रियागत सहयोग गर्ने उदेश्यले श्री शशी पौडेलको संयोजकत्वमा ब्यापारिक परामर्श समिति र श्री संघर्षशील केशी को संयोजकत्वमा आर्थिक श्रोत परिचालन र वितरण समिति गठन गरेको छ| साथै संघले यस विषम परिस्थितिमा नेपालमा नेपाल सरकारले लगाएको लकडाउन बाट दैनिक गुजारा चलाउन मुस्किल हुदैजाने समुदायहरुका लागि र कोरोना भाइरस बाट संक्रमितहरुको उपचारमा केहि सहयोग पुगोस भन्ने उदेश्यका साथ एन आर एन केन्द्रको आकस्मिक कोष मा नेपाली रुपैया रु तिन लाख (२२८५ युरो ) पठाइसकेको र यस विषम परिस्थितिमा एक नेपालीले अर्को नेपाली लाइ सहयोग गर्न र सचेत भै सजक रहन आग्रह गरिएको छ |स्मरण रहोस अहिले सम्म नेदरल्यान्ड्समा १०८६६ संक्रमित केस र ७७१ को मृत्यु भएको छ भने अहिले सम्म कुनैपनि नेपाली संक्रमित नदेखिएको जानकारी पाइएको छ |
