Wednesday, February 24, 2021
12.2 C
Amsterdam

हिउँमा रमाउंदै म्याड्रिडवासी नेपालीहरु

- Advertisement -

सागर भोटे, म्याड्रिड।स्पेनमा ४०वर्ष यताकै ठूलो हिमपात भएको छ।अन्य प्रान्तहरुमध्य राजधानी म्याड्रिडमा ३५ से.मि सम्म हिउँ जमेको छ। फिलोमेना नामका अांदि जिब्राल्टारको सामुद्रिक क्षेत्रबाट उत्तरतिर लागेकोले लगातार हिमपात भएको स्पेनका मौसमविधहरुलर जनाएको छ,जसलाई शताब्दिमै देखिएको सबैभन्दा खराब हिमपात भनिएको छ। खराब हिमपातले अति प्रभावित क्षेत्रहरुमा स्पेन सरकारद्वारा रेड अर्लट जारी गरिएको छ। खराब हिमपातल ले दैनिक जीवन कष्टकर बनेको छ तर अर्का तर्फ मानिसहरुको हिउँ खेल्ने चाहना पूरा भएको छ।प्राय:म्याड्रिडका मानिसहरु हिउँमा रमाउन नाभासेर्रादा जाने गर्दथे तर यो वर्ष हिउँ हरेकको घर दैलोमा नै आएको छ।नेपालीहरुको बाल्को बसोवास रहेको‌ म्याड्रिडमा नेपालीहरु हिउँ खेल्न व्यस्त देखिएका छन्। परिवार र बालबच्चासंगै मानिसहरु घरबाहिर जम्मा भएर हिउँका गोला बनाउंदै ,नाच्दै,रमाउंदै हर्षका समय बिताएका छन्।यसैक्रममा गैर आवासीय नेपाली संघ,म्याड्रिडका सचिव सचिव सागर भोटेसंगको कुराकानीमा उनी भन्छन्,”यो पल साच्चै अविस्मरणिय हुनेछ,मलाई मनाङ्गमुस्ताङ्गमा हिउँ खेलेको जस्तो भएको छ र आफ्नो देशको अनुभूति दिलाएको छ।रमाईलो संगै सावधानी पनि अपनाउन जरुरी रहेको छ साथै हिमपात सकेलगतै मौसम -१४ डि.ग्रि सम्म तल जाने मौसम विधहरुले जनाएका छन् तसर्थ सम्पूर्ण नेपाली समुदायहरु यसको निम्ति पूर्ण तयार रहनुहुन हार्दिक अनुरोध गर्दछु ।”हिमपातका कारण स्पेनमा ३ जानको मृत्यू भएको छ साथै दर्जनौं घाइते भएका छन्।(हालसम्म कोहि नेपालीलाई त्यस्तो केहि नराम्रो घटना भएको छैन।)आश्चर्यको कुरा फुटबलमा जस्तै मौसममा पनि‌ म्याड्रिड र बार्सिलोनामा अल्टर भएको छ ,यता हिमपात परेको छ भने बार्सिलोनामा झरि परिरहेको छ।
हिउँमा रमाउंदैं गर्दाका तस्बिरहरु:

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!