Friday, April 23, 2021
8.3 C
Amsterdam

टेक्ससका ७ बर्षिय मिर लामा गल्फखेलमा शीर्ष १० स्थानमा, बिश्व गल्फ प्रतियोगितामा छनौट

- Advertisement -

विजय थापा ,डिसी महानगर क्षेत्र । अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा बस्दै आएका नेपाली मूलका ७ बर्षिय मिर लामा गल्फखेलमा शीर्ष १० स्थानमा परेका छन् । उनि शीर्ष १० मा परे पछि बिश्व गल्फ प्रतियोगितामा छनौट भएका छन् । 

उनि अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालक हुन् । कोरोना महामारीबाट गल्फ खेल खेल्न सुरु गरेका प्रतिभाशाली बालक टेक्ससका आफ्ना उमेर  समूहका उत्कृष्ट खेलाडी पनि हुन् । 

सानो उमेर मै गल्फ खेलमा रुचि भएकोले गत बर्ष महामारी देखि उनले गल्फ खेल्न सुरु गरेका उनका अभिभावकले जानकारी दिएका छन् । खेलमा अभिरुचिको साथै तीक्ष्ण दिमाग समेत भएकोले उनले खेलमा छिटो प्रगति गरेका हुन् ।

ड्यालस शहरका आफ्नो उमेरका राम्रा खेलाडीमा उनि गनिन्छन । बालक निरले गत बर्ष एप्रिल ,२०२० देखि खेलमा निरन्तरता दिएका हुन । गत बर्ष जुन महिनामा स्थानीय स्तरमा आयोजना भएको युएसकिड्सगल्फ प्रतियोगितामा प्रथम पटक सहभागिता जनाएका थिए । 

खेलमा रमाउदै र अझ अभिरुचिसंग खेल खेल्दै शरद ऋतुमा सम्पन्न प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भए । टेक्सस राज्यको ड्यालसमा आयोजना भएको एनटि पिजिए शरद ऋतु प्रतियोगिता सहित स्थानीय प्रतियोगितामा सहभागिता भएका थिए । 

उनले शरद ऋतुमा आयोजना भएको एनटिपिजिए प्रतियोगितामा पुरै प्रतियोगिता जितेका छन् । उनलाई २०२१ को बसन्त ऋतुमा क्षेत्रीय खेल प्रतियोगितामा आमन्त्रित गरिएको थियो । 

फ्लोरिडामा सम्पन्न फ्लोरिडा क्षेत्रीय प्रतियोगितामा उनी शीर्ष ५ मा पुग्न सफल भए पछि उनलाई आगामी जुलाईमा हुने युएस किड्स गल्फ वर्ल्ड च्यामपेन्सिप २०२१ मा सहभागी हुन् बोलाइएको उनका अभिभावकले जानकारी दिएका छन् । 

लामा परिवारले एक सन्देश दिदै युवा खेलाडी मिरलाई बधाई दिनुको साथै प्रोत्साहन दिएका छन । युवा प्रतिभाशाली खेलाडी बालक मिर लामा टेक्सस राज्यकै सफल व्यवसायी तथा सामाजिक अभियन्ता पासांग लामाका सुपुत्र हुन् । 

पिता लामाले छिटो टिप्ने र महामारीको समय सदुपयोग निकै गरेकोले यो सफलता हासिल गरेको भन्दै आफूले सदैव उसलाई हौशला गर्ने बताए । 

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!