Friday, April 23, 2021
2.3 C
Amsterdam

कोभिड महामारीमाझ भारतमा आईपीएल आयोजना कतै ‘टाइम बमसरह’ त हुँदैन? – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

कोभिड भएका मानिसको सङ्ख्या बढिरहेका विभिन्न सहरमा आईपीएलका खेलहरू हुनेछन् (फाइल तस्बिर)

विश्व क्रिकेटको सबैभन्दा चर्चित र महँगो प्रतियोगिता कोभिड-१९ को घातक दोस्रो लहरसँग सङ्घर्ष गरिरहेको भारतमा आयोजना गर्ने तयारी भइरहेको छ।

शुक्रवारदेखि सुरु हुने इन्डीयन प्रीमीयर लीग आईपीएलमा आठ टोलीले छ मैदानमा बिनादर्शक ५२ खेल खेल्नेछन्। फाइनल खेल मे ३० मा हुनेछ।

खेलहरू कोभिड सङ्क्रमण र अस्पताल भर्ना सङ्ख्या धेरै बढिरहेका चेन्नई, बेङ्ग्लोर, दिल्ली, मुम्बई, कोलकाता र अहमदाबादमा हुनेछन्।

भारतमा अहिलेसम्म कोभिडका कारण १,६५,००० भन्दा बढीले ज्यान गुमाएका छन् भने एक करोड २५ लाख सङ्क्रमित भइसकेका छन्। एप्रिलमा भारतमा दैनिक सङ्क्रमण सङ्ख्या ९०,००० को औसतमा रहेको छ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!