Monday, May 10, 2021
16 C
Amsterdam

२४ सयभन्दा बढीमा कोभिड पुष्टि, पशुपतिनाथ मन्दिर पनि बन्द – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको पिपलाडी स्वास्थ्य चौकीमा कोरोनाभाइरस परीक्षणका लागि शङ्कास्पद बिरामीको स्वाब लिँदै स्वास्थ्यकर्मी। एन्टिजन विधिबाट गरिएको परीक्षणमा पाँच जनामा सङ्क्रमण देखिएको छ

नेपालमा विगत २४ घण्टामा थप २,४२८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस अवधिमा देशभरि पीसीआर विधिबाट परीक्षण गर्दा २,३६५ जना र एन्टिजन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

सो अवधिमा देशभरिका प्रयोगशालाबाट १०,००१ नमुनाको पीसीआर र ४४७ जनाको एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका मन्त्रालयले जारी गरेको विवरणमा जनाइएको छ।

काठमाण्डू उपत्यकाभित्र भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाण्डूमा ९८७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!