Monday, June 14, 2021
13.5 C
Amsterdam

नेदर्ल्याण्डका प्रधानमन्त्री मार्क रुट्टको नेपाली टोपी हातमा समाएर नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

- Advertisement -

नेपाल लागयत अन्य बिकासोन्मुख राष्ट्रहरुमा कोरोना भाईरसको महामारीलाई रोकथाम गर्न नेदर्ल्याण्डले राष्ट्रिय स्तरको चन्दा संकलन अभियान थालनी गरेको छ । नेदर्ल्याण्डमा स्थापित एघार वटा वैदेशिक सहयोग संस्था (Foreign Aid Organizations) हरुको सहकार्यमा संचालित अभियानको संयोजकत्व GIRO ५५५ नामक संस्थाले गरेको छ । GIRO ५५५ ले २०१५ सालको बिनासकारी भुकम्प पश्च्यात पनि राष्ट्रिय स्तरको चन्दा संकलन अभियान गरि नेपालको लागि दुई करोड युरो भन्दा बढि जम्मा गर्न सफल भएको थियो । कोविड-१९ चन्दा संकलन अभियानलाई पनि नेदर्ल्याण्ड सरकारको पूर्ण समर्थन रहेको प्रधानमन्त्री मार्क रुट्टले बताउनु भयो । कार्यक्रममा उपस्थित ब्यापार तथा सहयोग मन्त्री सिग्रिड काख (Sigrid Kaag) ले नेदर्ल्याण्ड सरकारको तर्फबाट नेपाललाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । त्यस्तै गरि लेवर पार्टी कि नेत्री लिलिआन प्लुमन (Lilianne Ploumen) र सोसिअलिस्ट पार्टी कि नेत्री लिलिअन मराइनिस (Lilianne Marijnissen) ले पनि नेपाललाई सहयोग गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने मन्तव्य ब्याक्त गरेका थिए । उपस्थित अन्य संसदहरुले पनि कोविड १९ अन्तरराष्ट्रिय समस्या भएकाले बिकासोन्मुख मुलुकहरुको समस्यालाई नजिकबाट नियालेर हेरि रहेको र छिट्टै समाधान खोजिनु पर्ने कुरामा जोड दिएका थिए । नेपाल लागायत अन्य मुलुकहरुलाई पनि खोप, भेन्टिलेटर र अन्य स्वास्थ सामाग्रीहरु छिट्टै उपलब्ध गराउन युरोपियन युनिएन र सयुक्त राष्ट्रसंघमा समेत लबी गर्नु पर्ने आवश्यकता महसुस गर्दै समाधानको लागि कदम चाल्ने प्रसँगमा बिशेष छलफल भएको थियो ।

नेपाली समुदाय र गैरआवासिय नेपाली संघ नेदर्ल्याण्डको प्रतिनिधित्व गर्दै संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक शशी पौड्याल र महासचिव संघर्षशिल के.सी. ले हाल नेपालको गम्भिर परिस्थितीलाई सामना गर्न नेपाल एक्लै ले नसक्ने हुँदा नेदर्ल्याण्ड सरकारको सहयोग अपरिहार्य भएको प्रकाश पार्नु भएको थियो । संघका सस्थापक अध्यक्षले प्रधानमन्त्री, मन्त्री र राजनीतिकदलका नेताहरुसँग छुट्टाछुट्टै सम्वाद गर्दै दुई राष्ट्र बिचको ऐतिहासिक मैत्री सम्बन्धले पनि नेपाल संकटमा पर्दा नेदर्ल्याण्डले नेपाललाई कोल्टो नफेर्केको र सधैं हतेमालो गरेको झल्काउनु भयो । साथै यस विकराल अवस्थामा पनि नेदर्ल्याण्ड सरकारले नेपाललाई पूर्ण सहयोग गर्ने छ भन्ने अपेक्षा दर्साउनु भएको भयो । प्रधानमन्त्री मर्क रुट्ट (Mark Rutte) ले नेपाली राष्ट्रिय पोशाक “टोपी’ दुई हातले समाउदै नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उक्त कार्यक्रममा मिडियाको पनि उपस्थिती भएकाले महासचिव र प्रमुक्ष संरक्षकले मिडिया र प्रेसलाई अन्तर्वाताहरु दिनु भएको थियो । GIRO ५५५ मा सहभागि संघसंस्थाहरुले राष्ट्रिय चन्दा संकलन अभियानबाट उठेको रकम मध्यबाट नेपाललाई बिशेष सहयोग गरि पीडित वर्गलाई खोप, भेन्टिलेटर वा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने जानकारी गरेका थिए । कोविड-१९ चन्दा संकलन अभियान सफल बनाउन गैरआवासिय नेपाली संघ नेदर्ल्याण्ड र नेपाल बिकास प्रतिष्ठानले पनि सहकार्य गरेका छन भने नेदर्ल्याण्ड स्थित १०० भन्दा बढि नेपाललाई सहयोग गर्ने डच संस्थाहरुको पनि GIRO ५५५ लाई समर्थन छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!