Monday, June 14, 2021
13.5 C
Amsterdam

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ गण्डकीमा विश्वासको मत प्राप्त गर्न विफल – BBC News नेपाली

- Advertisement -

  • नारायण कार्की
  • पोखरा

तस्बिर स्रोत, RSS

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न विफल भएका छन्। प्रदेशसभामा बिहीवार पेस भएको विश्वासको मतको प्रस्ताव बहुमत सदस्यले अस्वीकृत गरेपछि उनले विश्वास गुमाएका हुन्।

६० सदस्यीय प्रदेशसभामा ५८ जना उपस्थित भएका थिए भने ५७ जनाले मात्र मतदान गरेका थिए।

त्यसमध्ये गुरूङको प्रस्तावको पक्षमा २७ जनाले मात्र मतदान गरेका छन् भने विपक्षमा ३० जनाले मतदान गरेको प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले सभालाई जानकारी गराए।

जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा तटस्थ रहेका थिए भने दीपक मनाङ्गे भनेर चिनिने प्रदेशसभा सदस्य राजीव गुरुङ मतदानमा अनुपस्थित रहेका जनाइएको छ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!