Monday, June 14, 2021
13.5 C
Amsterdam

कोभिडको पहिलो लहरमा भन्दा दोस्रोमा ‘दोबर सङ्ख्यामा चिकित्सकको मृत्यु’ – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

खोपले अग्रपङ्तिमा खटिएकाहरूलाई निकै हदसम्म जोगाइरहेको ठानिएको छ

नेपालमा कोरोनाभाइरस महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा दुईगुना डाक्टरहरूको ज्यान गएको तथ्याङ्कले देखाएको छ।

सङ्क्रमण व्यापक फैलिएका कारण दोस्रो लहरका बेला धेरै क्षति भएको देखिए पनि खोपले यसलाई न्यूनीकरण गरेको नेपाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजालले बीबीसीलाई बताए।

“खोपका कारण धेरै चिकित्सकहरूको ज्यान जोगिएको अनुभव हामीलाई भएको छ। नत्र योभन्दा धेरै क्षति हुन्थ्यो,” उनले भने।

“चिकित्सकहरूको हकमा पहिलो लहरको बेला कोभिडले छजना डाक्टरको निधन भएको थियो भने दोस्रो लहरमा करिब एक दर्जन डाक्टरको ज्यान गइसकेको विवरण हामीलाई प्राप्त छ,” नेपाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजालले बीबीसीलाई बताए।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!