Friday, September 17, 2021
18.9 C
Amsterdam

गैर आवासीय नेपाली संघ म्याड्रिडद्वारा सिन्धुपाल्चोक जिल्लामा स्वास्थ्य सामाग्री सहयोग

- Advertisement -

गैर आवासीय नेपाली संघ म्याड्रिडले सिन्धुपाल्चोक जिल्लामा हेल्मबु र मेल्मचीलाई विशेष प्राथमिकता दिई कोभिड महामारी बिरुद्ध लड्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ। कोभिड रिलिफ फड(Covid Relief Fund)नामक सहयोग अभियानमा गैर आवासीय नेपाली संघले १,९६५ युरो (1,965€) उठाएको थियो जसमा १०००युरो अक्सिजन प्लान्ट स्थापनाको लागि एनआरएनए स्पेनलाई बुझाएको थियो र बांकि ९६५ युरि बराबरको‌ स्वास्थ्य सामाग्री उक्त जिल्लमा पठाएको छ। 
। यसको लागि सङ्घका सम्पूर्ण पदाधिकारीहरु   अहोरात्र खट्नुभएको नि.वर्तमान अध्यक्ष  सुजिल गोलेले बताउनुभयो । यस्तै नेपालमा  सस्तोमा  गुणस्तरिए सामान उपब्ध गराउन आरएषटिसी (Raj Sharma Holdings Pvt Ltd) र उक्त स्थानमा सामाग्री पुराउन इन्फितिटि एबिलिटि सेन्टर (Infinity Ability Center) संग  समन्वय गरिरहनुभएको सचिव सागर श्रेष्ठ भोटे बताउनुभयो ।साथै यस महान् कार्यमा‌ एकतावद्ध भएर साथ दिनुहुने म्याड्रिडका सम्पूर्ण संघ-संस्था (जनसम्पर्क सेवा समिति,अन्ताराष्ट्रिय नेपाली साहित्य समाज,मगर समाज,जीवित परमेश्वरको मण्डली,नेवा पासा पुचा,साझा समुह र एमएनओ प्रवास सभा स्पेन)र समुदाय प्रति एकदम धन्यवाद र आभार प्रकट गर्नुभएको छ।
वर्तमान अध्यक्ष मेघनाथ ढकालका अनुसार संघले मेल्मचि र हेलम्बुमा बाढि र पहिरोका कारण सिर्जना भएको विशम परिस्थितिसंग लड्न आकस्मिक सहयोगको अभियान चलाएको  छ र आधिकारिक रुपमा सङ्कलन गर्न संघले सम्बन्धित जिल्लाको प्रशासन संग  समन्वय गर्न पत्रचार गरेको छ।

वितरण भएको स्वास्थ्य सामाग्रीको विवरण:
१) Oxygen Concentrator 5lt : १ थान
२)Personal Protective Equipments : २० थान
३)Oximeter Lk 87 : १० थान
४)Thermo Gun Infrared : १० थान
५)N95 Masks : १०० थान
६)Reusuable Cotton Pads : ४० थान

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!