Thursday, October 21, 2021
8.4 C
Amsterdam

काबुलमा रोकिएका ३४ नेपालीलाई यसै साता फर्काउने ‘पहल’ – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन,

अफगानिस्तानमा रहेका करिब १५०० नेपालीहरूमध्ये बिहीबार सम्म ९०६ जना नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ

नयाँ दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा अलपत्र परेका ३४ नेपाली नागरिकलाई यही साताभित्र चार्टर्ड उडानमार्फत् स्वदेश फर्काउन पहल भइरहेको जनाएको छ।

अमेरिकी सेनाको फिर्तीसँगै बन्द रहेको काबुल विमानस्थल पुनः सञ्चालनमा आएसँगै विभिन्न देशले अफगानिस्तानमा अलपत्र आफ्ना नागरिकहरूको उद्धारमा पहल गरिरहेका छन्।

यसअघिको उद्धारमा छुटेका ३४ जना नेपाली नागरिकहरू काबुलमा सुरक्षित रहेको र उद्धारका लागि पहल भइरहेको अफगानिस्तान समेत हेर्दै आएको दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख रामप्रसाद सुवेदीले बताए।

उनका अनुसार एउटा निजी सुरक्षाकर्मी आपूर्तिमा संलग्न कम्पनीको चार्टर्ड उडानमा नेपाली नागरिकहरू फर्काउन दूतावासले पहल गरिरहेको छ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!