Thursday, October 21, 2021
9.1 C
Amsterdam

कर्मचारी समायोजनका बेला ‘दरबन्दी लुकाउँदा’ नयाँ पदको भविष्य अन्योलमा – BBC News नेपाली

- Advertisement -

  • प्रदीप बस्याल
  • बीबीसी न्यूज नेपाली

तस्बिर स्रोत, Public Service Commission

झन्डै साढे दुई वर्षअघि नेपाल सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन पूरा गरेको बताए पनि अहिले आएर उतिबेलाको कामका ‘त्रुटि’ देखा परेको पूर्वप्रशासक एवं लोकसेवा आयोगका अधिकारीहरूले बताएका छन्।

समायोजनका बेला दरबन्दी अभावलाई कारण देखाइएपछि अनिच्छा हुँदाहुँदै पनि प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरूले कानुनी बाटो रोजेपछि यतिखेर विभिन्न जटिलता देखा परेको बताइएको छ।

समायोजनमा असन्तुष्ट कर्मचारीका पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै त्यसको असर अब सङ्घमा नयाँ पदपूर्तिदेखि कर्मचारी व्यवस्थापनसम्म पर्ने देखिएको छ।

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले समायोजन प्रक्रियामा “निष्पक्षता नहुनु र त्यसमा दूरगामी दृष्टिकोण राख्न नसक्नु”लाई यस्तो अवस्था आउनुको कारण बताउँछन्।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!